नेपाल पर्वतारोहण संघको २८ औ साधारणसभा सम्पन्न (फोटो र भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७५, शुक्रबार ०५:०५

काठमाडौं । नेपाल पर्वतारोहण संघको २८ औ  साधारणसभा सम्पन्न भएको छ। चालु आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट पास गर्दै साधारणसभा सम्पन्न भएको हो। बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीले उद्घटन गरेको उक्त साधारणसभामा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले नेपाल विश्वकै असाधारण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक र जैविक विविधताको अधिकतम सदुपयोग गरी देशको समृद्धिसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो ।मन्त्री अधिकारीले  आफूले सकेसम्म पर्वतीय पर्यटनलाई टेवापुग्नेखालका कार्यक्रममा सहयोग गर्ने आश्वासन समेत दिए।

सांसद योगेश भट्टराईले नेपालका हिमाल पर्यटकीय गन्तब्य मात्र नभई पहिचान र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।
एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतीय पर्यटन विकासमा संस्थाले खेलेको भूमिका, चुनौती र आगामी रणनीतिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले पर्वतीय पर्यटनमा नेपालको सम्भावना भएपनि त्यसको उपयोग गर्न नसकिएको बताएका थिए। उनीहरुले सरकारको नीतिगत उल्झनका कारण यस्तो वातावरण उत्पन्न भएको आरोप लगाएका थिए।

कार्यक्रममा उत्कृष्ट ब्यबसायी मोहन लम्साल सहित पत्रकारलाइ  समेत सम्मान गरिएको थियो ।

भिडियो हेर्नुस :

live :

https://www.facebook.com/rastriyakhabar/videos/305934273552585/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१