काठमाडौं जिल्लाव्यापी टग अफ वार (तान डोरी) प्रतियोगिता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७५, शुक्रबार ०४:३०

काठमाडौं । नेपाल टग अफ वार (तान डोरी)  संघ जिल्ला  कार्यसमिति काठमाडौंको आयोजनामा प्रथम  अन्तर विद्यालयस्तरीय तान डोरी प्रतियोगिता  बिहिबार सम्पन्न भएको छ ।

नेपाल टग अफ वार (तान डोरी)  संघ काठमाण्डौ र फेकाको बिशेष अगुवाइमा काठमाडौं जिल्लाका ३५  विद्यालयका महिला र पुरुष टिमको सहभागिता रहेको थियो ।

नेपाल टग अफ वार (तान डोरी)  संघका अध्यक्ष भवानीप्रसाद पौडेल, उपाध्यक्ष मदन कुमार खरेल, महासचिव केसवराज गौतम ,केन्द्रीय सचिव देवीप्रसाद घिमिरे,कोषाध्यक्ष मुरारीराज सन्जेलको र जिल्ला अध्यक्ष श्री शाकुन्दराज अर्याल लगायतका पदाधिकारीरुले पुरस्कार विजेता तथा उप-विजेताहरुलाई शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

खेलको नतिजा पुरुष तथा महिला दुबै तर्फको प्रथम शिल्ड र ट्रफी नेक्सश हाईस्कुल पेप्सीकोलाले हात पार्‍यो , यसै गरि पुरुष तर्फ साँग्रीला पब्लिक स्कुल जोरपाटी र महिला तर्फ आकाशदीप स्कुल जोरपाटीले दोस्रो स्थान हाँसिल गर्न सफल भए भने एम्बिसन एकेडमी बानेश्वर र प्रीतिमा स्कुल पेप्सिकोलाले क्रमश: पुरुष र महिला तर्फका तेस्रो बिजेता टिम घोषित भए ।

कार्यक्रममा शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा स्वच्छ, सामाजिक रुपमा सकृय बनाउँदै अनुशासित नागरिक उत्पादन गर्ने उदेश्यले टग अफ वार (तान डोरी) उपयोगी सिद्ध हुने कुरा केन्द्रीय अध्यक्ष पौडेलले बताउनुभयो ।

सानो ठाउँमा पनि खेलाउन सकिने खेल टग अफ वार (तान डोरी) ले निकट भविष्यमा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने समेत पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१