अभिनेत्री शिल्पा शेट्टी बनिन् नश्लभेदको सिकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७५, बिहीबार ०६:१८

बलिउडमा धेरै चर्चित अभिनेत्रीहरु छन् जसमध्य अभिनेत्री शिल्पा शेट्टी पनि एक चर्चित अभिनेत्री हुन् । बलिउडका धेरै कलाकार बिदा मनाउन प्रायः विदेश निस्कने गर्छन् । उसो त सुटिङको सिलसिलामा पनि उनीहरूलाई बारबार बाहिर गइरहनुपर्छ ।तर, यात्राका दौरान उनीहरू नश्लभेद तथा रंगभेदको सिकार हुने गर्छन् ।

त्यस्तै केही दिनअघि बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि अस्ट्रेलियाको मेलबर्नदेखि सिडनीसम्मको यात्रा गरिरहदा नश्लभेदको सिकार बनेकी छन् ।सिडनीसम्मको यात्रामा एअरपोर्टमा एक स्टाफले उनीमाथि नश्लभेदी व्यवहार गरे । एयरलाइन्स कम्पनीलाई पनि स्टाफको गलत व्यवहारबारे जानकारी गराएकी छिन् यस कुराको जानकारी शिल्पाले सामाजिक सञ्जालमा दिएकी छिन् । उनले इन्स्टाग्राममा पूरा घटनाबारे लेखेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०