सशस्त्र असई रानाद्वारा पत्रकारको नाम लिई भन्सारमा जनतालाई उक्साउने प्रयास

udaysanu@gmail.com' uday shrestha
९ आश्विन २०७५, मंगलवार १९:५९

नेपालगन्ज, ९ असोज । नेपालगन्ज भन्सार कार्यालयका सशस्त्र प्रहरी बल ४० नम्बर राजस्व गुल्मबाट मंगलबार साँझ यात्रु शाखाको मुख्य चेकजाँच पोष्टमा सशस्त्र असई चन्द्र बहादुर रानाले पत्रकारको संज्ञा दिई चेकजाँच कडाई बनाइएको अभिव्यक्ति दिई जनतालाई उक्साउने प्रयास गरेका छन् ।

नेपालगन्ज भन्सार कार्यालयको मुख्य चेकजाँच पोष्ट अन्तरगत यात्रु शाखामा गरिएको चेकजाँचको क्रममा पत्रकारले सुक्ष्म समाचार संकलन गर्ने क्रममा करिब १५ मिनेटको समय अन्तरालमा सशस्त्र प्रहरी असई रानाको अगुवाईमा १८ बोरी बढी चामल लगायत थुप्रो संख्यामा कपडा र व्यापारिक प्रयोजनको लागि सामान बिना भन्सार छाडेका थिए । सशस्त्र असई राना भालुवांगबाट भन्सार गुल्ममा भर्खरै सरुवा भई आएका हुन ।

भन्सार कार्यालयको चेकजाँचको अवस्था बुझ्ने क्रममा राजस्व गुल्मका प्रमुख एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक निरन्कार नाथ शुक्लाले कडाई भएको अडान लिनुसँगै सेटबाट ड्यूटी कमाण्डर सशस्त्र असई रानालाई जानकारी लिएपछि ‘पत्रकार आयो कडा पार’ भन्दै अन्य सशस्त्र प्रहरीलाई आदेश दिएका थिए ।

डिएसपी शुक्लाको खबर आएपश्चात सामान रोकी चेकजाँचलाई तिब्रता दिएसँगै क्यारिङ गर्ने समूहलाई ‘पत्रकारले डिएसपीलाई फोन ग¥यो, पत्रकारले नै भन्सार कडा गर्न लगाएको’ भन्दै बोर्डर तर्फ फिर्ता समेत पठाएका थिए ।

डिएसपीले पहिलो र दोस्रो पटक कल गरेर भन्दासम्म असई रानाले चेकजाँचलाई बेवास्ता गर्दै बिना भन्सार सामान छाडेका थिए भने तेस्रो फोनकलमा कडाई साथ आदेश आएपछि मात्र चेकजाँचलाई कडाई पारिएको थियो । मंगलबार साँझ करिब ७.३० बजेको चेकजाँचको क्रममा सशस्त्र असई रानाले सम्पूर्ण कमाण्ड आफ्नो नियन्त्रणमा लिएका थिए भने भन्सार कार्यालयका कार्यालय सहायक कर्मचारीहरु मुकदर्शक रही आदेशको पालना मात्र गरेको देखिएको थियो ।

यसैगरी नेपालगन्जबाट रुपैडिहातर्फ जाने चेकजाँच बेरियरमा एउटा पनि सशस्त्र प्रहरी नरहेको तथा अत्यधिक झोलाहरु लिई यात्रुहरु भारततर्फ गई रहेको देखिएको थियो । नेपालमा पाइने कालो मरिचको मूल्य अनुसार भारतमा कालो मरिचको मूल्यमा दोब्बर बढी अत्यधिक रहेकोले कालो मरिच अवैध रुपमा निर्यात हुन सक्ने आशंका गरिएको छ ।

सशस्त्र प्रहरी बलले यस्ता कर्मचारीलाई सरकारी राजस्व बृद्धि गर्ने अभियानमा खटाएको कारण मुलुकले राजस्वमा ह्रास ब्यहोर्नु परेको विज्ञहरुले आफ्नो भनाई अघि सारेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१