पप्पु कन्स्ट्रक्सनका सञ्चालक फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार १६:४५

प्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।  भदौ ८ गते भएको डुंगा दुर्घटनामा मृत्यु भएका परिवारले उनको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेको छ । ८ गते डुंगा दुर्घटना भएको ठाउँनजिकै पप्पुले पुल बनाएको थियो । सोही पुलका कारण डुंगा दुर्घटना भएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०