नक्कली भूकम्पपीडितले लिएको रकम असूलली कारवाही गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार १६:११

बनेपा। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही गर्ने भएको छ ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्रियामा पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एक ठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर बसेकालाई एउटा विधि बनाएर कारवाहीको थलानी गर्ने तयारी भइरहेको छ ।  लाभग्राहीमा नाम निस्केका सुकुम्बासीले अहिलेसम्म घर बनाउन नपाएको, कसैको घर पक्की नै भए पनि नाम निस्केको र कसैको घर भत्केर बस्न नै नहुनेको नाम ननिस्केको लगायतका समस्या रहेको देखीयो  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१