लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार १५:५६

लन्डन । रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ । ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उहाँ क्लबका महत्वपूर्ण सदस्य रहनुभएको थियो । मोड्रिचले विश्वकपमा गोल्डेन बल जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१