मुलुकमा बढ्दो महिला हिंसा न्यूनीकरणमा समिति प्रभावकारी बन्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार १५:४२

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार तथा समाजकल्याण परिषद्का कामलाई पारदर्शी र प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेको छ । साथै समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र यसअन्तर्गतका महिलाआयोगसहित सात आयोगको अनुगमन, नियमन तथा प्रभावकारी सञ्चालनका लागि पनि समितिलाई सक्रिय बनाइनेछ ।

समितिका सभापति नीरुदेवी पालले पछिल्लो समय महिलामाथि हुने बलात्कार, हत्या, हिंसा र आतङ्कले देश आक्रान्त बनेको उल्लेख गर्दै यस्ता घटनाको न्यूनीकरण तथा दोषीमाथि कानूनी कारवाहीका लागि समितिले विशेष पहल गर्ने भएको छ । समितिको बैठकमा अधिकांश सदस्यले मुलुकमा व्याप्त महिला हिंसा, बलात्कार, हत्या, अपहरण तथा बालबालिका र ज्येष्ठ नागरिकमाथि ज्यादतीका घटना बढिरहेको बताउँदै यस्ता गतिविधि न्यूनीकरणका लागि समितिले अभिभावकका रुपमा आफ्नो भूमिकालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने माग गर्नुभयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१