नेपालीको क्षमताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार १५:२७

न्यूयोर्क । प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहनुभएको बताउनुभएको छ ।  न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसक्नुभएको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको र अन्य केही नेताले उहाँसँग भेट गर्न चाहनुभएको छ । प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको जानकारी दिँदै प्रधानमन्त्रीको नयाँ कार्यक्रम बनेको र उहाँ विभिन्न मुलुकका नेतासँग वार्ता तथा छलफलमा व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०