शरीरका यी अंग दबाउनुहोस् र आन्नद महसुस गर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार १४:४७

काठमाडौं । अकुप्रेसर धेरैले सुनेको शब्द हो। तर यसको सही प्रयोग भने कमैलाई मात्र थाहा छ। यस अकुप्रेसर पद्धतिमा शरीरका अंगको पोइन्टमा दबाएर उपचार गर्ने गरिन्छ । यदि आँखीभौंको बीचको भागमा दबाउने हो भने दिमाग ताजा र स्फूर्त हुन्छ। यसले स्मरणशक्ति समेत बढाइदिन्छ। यसको लागि दुई आँखीभौंको बीचको खाली भागमा ३ मिनेट सम्म दबाउनुपर्छ।

एकोहोरो नादबाई हरेक सेकेन्डमा दबाउँदै छोड्दै गर्नुपर्छ। यो प्रक्रिया हरेक दिन बिहान उठेपछि गर्नु उपयुक्त हुन्छ। यसले दिनभरको लागि दिमागमा ऊर्जा भरिदिन्छ। तनाव कम गर्नको लागि दुईतिरको आँखाको छेउको, कन्चट निरको भागमा मसाज गर्ने या त दबाउँदै छोड्ने गर्नुपर्छ। यसो गर्दा स्मरण शक्ति बढ्नुको साथै, दिमागको एकाग्रता बढ्छ। यसले हल्का अनुभव गराउँछ।

यसको साथै नाक र ओठको बीचको खाली भागमा दबाउनाले पनि दिमागलाई फाइदा गर्छ। त्यो भागमा दबाउँदा अल्छिपन हटेर जान्छ र ऊर्जा मिल्छ। यसले तपाईंमा काम गर्ने जोस र जाँगर भरिदिन्छ। मानसिक काम गर्दा, धेरैलाई ढाडको पेटको समस्या देखिन सक्छ। जसले शारीरिक रुपमा अस्वस्थ त बनाउँछ नै दिमागलाई समेत तानाव थपिदिन्छ। यसको लागि हत्केलामा एउटा औंलाले थिच्नुपर्छ।

केहि मिनेट सम्म हत्केलाको पोइन्ट थिच्ने यो प्रक्रिया अपनाउँदा ढाड र पेटको समस्याबाट छुटकारा मिल्छ। अकुप्रेसर जस्तै मुद्राले पनि दिमागलाई स्फूर्त, ताजा र तीक्ष्ण बनाउन मद्दत गर्छ। ज्ञान मुद्रा यसको लागि सबैभन्दा उपयुक्त मानिन्छ। यस मुद्रामा बुद्धआसन जसरि बसेर आँखा चिम्लिनुपर्छ र म सक्छु भन्ने किसिमको सकारात्मक सोंच दिमागमा ल्याउनुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०