विदेशबाट tv/सुन ल्याउँदा कती कर लाग्छ त ? (हेर्नुहोस् मूल्य सहित)

anis.shahi20@gmail.com' anish shahi
९ आश्विन २०७५, मंगलवार १३:०४

काठमाडौँ । वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन कर तिरेर ल्याउन पाउनेछन् । हालै मात्र आएको बजेटले भने वैदेशिक रोजगारीबाट घर फर्किदा १०० ग्रामसम्मको काँचो सुन लिएर आउन पाउने व्यवस्था गरिएको छ । तर त्यसको कर भने तिर्नुपर्ने हुन्छ ।विदेशबाट काँचो सुन लिएर आउँदा कति कर तिर्नुपर्छ ? नेपालको भन्सार विभागले निकालेको आर्थिक विधेयकको पृष्‍ठ ३६८ अनुसार काँचो सुनको दुईवटा महसुल दर हुनेछन्:

१) १ ग्राम देखी ५० ग्रामसम्म काँचो सुन लिएर आउँदा प्रति १० ग्रामको कर = ५२०० रुपैयाँ ।

उदाहरण:- मानौं तपाइले १० ग्राम काँचो सुन ल्याउनुभएको छ भने १x५२००= ५२०० रुपैयाँ, त्यस्तै तपाइले ४० ग्राम काँचो सुन ल्याउनुभएको छ भने ४x५२००= २०,८००/- रुपैयाँ लाग्छ ।

२) ५० ग्राम देखी १०० ग्राम सम्मको काँचो सुन लिएर जाँदा प्रति १० ग्रामको ६२०० रुपैयाँ । मानौं तपाइले १०० ग्राम काँचो सुन लिएर नेपाल आउनु भयो भने तपाइले तिर्नुपर्ने कर पहिलो ५० ग्राममा माथिको नियम लागु हुन्छ । ५० ग्राम काँचो सुन ल्याउँदा तपाइँलाई कुल २६,०००/- कर लाग्छ । त्यसपछि प्रति १० ग्राम ६२०० रुपैयाँ लाग्छ । नियम अनुसार अब १०० ग्राम सुनको ५ x ६२०० = ३१,०००/- रुपैयाँ पर्छ ।  पहिलो ५० ग्रामको मूल्य २६,०००/- र अर्को ५० ग्रामको मूल्य ३१,०००/- पर्दा अब कुल १०० ग्राम सुन ल्याउँदा ५७,०००/- कर तिर्नुपर्ने हुन्छ । (पहिलो ५० ग्रामको २६,०००/- मा दोश्रो ५० ग्रामको ३१,००० जोडदा तपाईंले १०० ग्राम काँचो सुनको कर नेपाली रुपैयाँ ‍५७,०००/- रुपैयाँ महसूल तिर्नु परेको हो ।

नझुकिनु होस्: ५० ग्रामसम्मको गहना लैजाँदा कुनै शुल्क तिर्नु पर्दैन । याद राख्नुहोस्: १०० ग्रामभन्दा बढी काँचो सुन लगेमा भने जति बढी छ त्यति जफत हुनेछ । मानौं तपाइले २०० ग्राम काँचो सुन लिएर नेपाल आउनुभएको छ भने १०० ग्राम भन्सारले जफत गर्छ ।

विदेशबाट ल्याउने टेलिभिजनमा के कती कर लाग्छ ?

पहिलाको जस्तै यो वर्ष पनि वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष पछी नेपाल फर्कने नेपालीले एक पटकका लागि जुनसुकै प्रकारको ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कुनै कर तिर्नु पर्दैन । नेपाल राजपत्रमा प्रकाशित निजी गुण्टा, झिटी भारी सम्बन्धी सूचनामा उल्लिखित टेलिभिजन मध्ये एल.सी.डी., प्लाज्मा वा एल.इ.डी. टेलिभिजनमा आर्थिक विधेयकको अनुसूचीको दफा २२ को उपदफा (१२) बमोजिम थप ५५ प्रतिशत भन्सार महसुल लाग्नेछ !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१