निर्मला हत्या प्रकरण : अनुसन्धानमा प्रहरीको त्रुटि

anis.shahi20@gmail.com' anish shahi
९ आश्विन २०७५, मंगलवार १२:५३

काठमाडौँ । निर्मला पन्तको घटनाबारे छानबिन गर्ने गठित समितिले अनुसन्धान टुंगिएको छ। एक महिना लामो अनुसन्धानपछि समितिले मङ्गलवार प्रतिवेदन बुझाएको हो। समितिका संयोजक सह-सचिव हरि मैनाली सहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो। सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो।समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो? प्रहरीको अनुसन्धान कस्तो देखियो? एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो? थप अनुसन्धानको लागि सुझाव लगायत विषय प्रतिवेदनमा समेटिएको छ। समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृहमन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१