३ किलो सुन सहित दुई पक्राउ

anis.shahi20@gmail.com' anish shahi
९ आश्विन २०७५, मंगलवार १२:३२

काठमाडौः प्रहरीले तीन किलो सुन सहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट सोमवार राती दुई जनालाई पक्राउ गरेको हो। रसुवा नाकाबाट अवैधरुपमा भित्र्याएको सुन निन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेहरुमा रसुवाका नरबहादुर घलले र पेम्वा लामा रहेका छन्। मोटसाइकलमा आएका उनीहरुले शरिर भित्र सुन लुकाएर ल्याएका थिए। बजारमा दुई किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१