अमेरिकी ग्रिनकार्ड वा भिसा पाउन कठिन !

anis.shahi20@gmail.com' anish shahi
९ आश्विन २०७५, मंगलवार ११:२९

बोस्टन । अमेरिकी सरकारले  फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाइएको छ ।  करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो । नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवास सुविधा लिनेहरूलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउनसक्ने छ । अमेरिकी सरकारका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको जनाइएको छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नेल्सनले यो नयाँ नियममा हस्ताक्षर गरिसकेकी छन् । सेक्युरिटीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ६० दिने सार्वजनिक पुनरावलोकनपछि यो नियम लागू हुने उल्लेख छ ।
यो नियमले बालबच्चालाई पनि बढी प्रभाव पार्नेछ । नियम लागू भएको खण्डमा करिब तीन लाख ८० हजार मानिस प्रभावित हुनेछन् ।

पहिले नै ग्रिनकार्ड पाइसकेकाहरूलाई भने यो नियमले खास प्रभाव नपार्ने तर ग्रिनकार्ड नवीकरण गर्दा भने मेडिकेड, फुड स्ट्याम्प वा आवास सुविधा लिइएको पाइएमा नवीकरणमा समस्या पर्ने छ । यो नियमबाट ग्रिनकार्ड लिन लाइनमा बसेकालाई पनि प्रभाव पार्ने बताइएको छ । सरकारले आइतबार मात्रै यो नियमसम्बन्धी ४४७ पृष्ठ लामो नियम सार्वजनिक गरेको हो ।सार्वजनिक भएको यो नियमबाट शरणार्थीलाई भने प्रभाव नपर्ने जनाइएको छ । तर डीभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड वा परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा भने यो नियम लागू हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१