बच्चाको टाउको यसकारण थेप्चो हुन्छ, के छ उपचार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७५, मंगलवार ०५:११

बच्चा कस्तो जन्मिएला ? गर्भ रहेदेखि नै यस्तो कौतुहलता हुने गर्छ । स्वभाविक हो, हरके आमाबुवा आफ्ना बच्चा सग्लो होस् भन्ने चाहन्छन् ।

यद्यपी नवजात शिशुको लालनपालनका क्रममा उनीहरुमा केहि अस्वभाविक परिवर्तन देखिन सक्छ । जस्तो कि, टाउको थेप्चिनु । अक्सर धेरै बच्चाको टाउको थेप्चिएको हुन्छ । यो आफैमा समस्या हो । किन यस्तो हुन्छ त ?

नवजात शिशुमा देखिने थेप्चो टाउको यस्तो अवस्था हो, जसमा टाउकोको एकापट्टीको भाग थेप्तो हुने गर्छ । बच्चाहरुको सुताईको अवस्था नमिलेको वा शिशुहरुलाई सही तरीकाले नसुताएको अवस्थामा टाउकाको एकापट्टीको भाग चेप्टा वा थेप्चो हुने गर्दछ ।

त्यतिमात्र नभएर शिशुहरुको घाँटीको मांसपेशीमा दखल परेमा पनि शिशुहरुमा यस्ता समस्या आइपर्ने गर्छ । यस्ता समस्यालाई चिकित्सकीय भाषामा ‘पोजिसनल प्लेजियोसेफिल’ पनि भन्ने गरिन्छ ।

अब के गर्ने ?

आत्तिनु पर्दैन । बच्चामा देखिने यस्तो समस्या आम हो । सामान्य पनि । समयको क्रमसगै यस्ता समस्या आफै हटेर भएर जाने गर्छ । तर त्यसको लागि यी उपाय जरुरी छ

बच्चाको ओल्ट कोल्टे सुताउने

बच्चाहरुको अधिकतम समय सुतेरै वित्ने गर्छ । त्यसैले, उनीहरुको सुताईको अवस्थामा फेरबदल गरेर पनि उनीहरुको टाउकोलाई गोलाकार दिन सकिन्छ । यसका लागि बच्चालाई घोप्टो पारेर सुताएर पनि टाउकाको आकार बदल्न सकिन्छ ।

यसको लागि टाउकालाई १५ दिन शिरानीतिर र १५ दिन खुट्टातिर फर्काएर पनि टाउकोलाई चप्टो हुनबाट जोगाउन सकिन्छ । यति गरेको खण्डमा बच्चाको टाउकामा एकापट्टीको दख्खल कम पर्ने गर्छ, र टाउको थेप्चो हुनबाट जोगिन्छ ।

बच्चा सुत्ने कोठाको संरचनामा फेरबदल गरेर

बच्चाको कोठाको संरचनामा फेरबदल गरेर पनि यो समस्या हटाउन सकिन्छ । यसको लागि बच्चाको सामुन्नेमा रहेका केही वस्तुहरुमा फेरबदल गरी यस्ता खेलौना वा आर्कषक बस्तु राख्न सकिन्छ, जुन बच्चाले बारम्बार हेरोस् । त्यसबाहेक, बच्चाको अर्को छेउमा पनि आर्कषक सामान राखेर पनि बच्चालाई एकातिरमात्र हेर्ने बानीबाट जोगाउन सकिन्छ ।

बच्चालाई पेटको बलले उठ्न सिकाएर

जब बच्चाहरु हात खुट्टाका मांसपेशीको सहायतामा सामान्य घोप्टो पर्न सक्ने अवस्थामा रहन्छन्, उनीहरुलाई पेटको सहायताले घोप्टो पर्न प्रोत्साहीत गरेर पनि यो समस्यामा सुधार ल्याउन सकिन्छ । यसो गर्नाले बच्चाहरु वरिपरि हेर्न सिक्छन्, जसले गर्दा उनीहरुको मांसपेशी बलियो हुने गर्दछ ।

आवश्यक परेमा सहयोग गरेर

यति गर्दा पनि नभएको खण्डमा चिकित्सकका लगरे विभिन्न थेरापीद्धारा पनि बालबालिकाको थेप्चो टाउको लाई गोलाकार दिन सकिन्छ । तर कुनै समस्या हुनु भन्दा हुन नदिनु नै उत्तम हुन भएकोले बच्चाहरुमा यस्ता समस्या आउन नदिन समयमै सावधानी अपनाउन सकिन्छ । बच्चा जन्मेको १५ दिन देखि एक महिना भित्रमा तोरीको तकियामा सुताएर, एउटै पोजिसनमा नसुताएर पनि यस्तो अवस्थाको रोकथाम गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१