अख्तियारले नेपालगन्ज उपमहानगरपालिकालाई पत्र काट्यो

udaysanu@gmail.com' uday shrestha
८ आश्विन २०७५, सोमबार २१:०९

नेपालगन्ज, ८ असोज । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले स्थानीय एक व्यापारीले मापदण्ड विपरित सटर निर्माण गर्दा मौन बसी अनुमति दिएको जस्तो देखिएको समाचार बाहिर आएपछि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले आवश्यक जॉचबुँच गर्न पत्र काटेको छ ।

सिग्नेट होटल र कमला मेडिसिनका संचालकले राजमार्गको ३१ मिटरभित्र कुनै पनि नयॉ संरचना निर्माण गर्न नपाउने मापदण्डलाई बेवास्ता गर्दै नेपालगन्ज उपमहानगरपालिकाको केहीको आशिर्वाद लिई आफुखुशी ६ वटा सटर निर्माण गरीरहेको समाचार राष्ट्रिय खबर डट कमको प्रत्यक्ष प्रशारण र समाचार सार्वजनिक हुँदा पनि मौनताको अनुमति दिएको कारण समाचारलाई आधार मानी अख्तियारले चासो देखाउँदै पत्र काटेको बुझिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका योजनातर्फका इन्जिनियरले मापदण्ड देखाँउदै ३१ मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न नपाउने भनी अडान लिन्छन भने उता मेयर डा. धवल शम्सेर राणाले २५ मिटरबाट ३१ मिटरसम्म अस्थाई संरचना निर्माण गर्न पाइने आफ्नै अडानको निर्णय सुनाउँछन् ।

मेयर डा. राणाले अहिले २५ मिटरमा अस्थाई संरचना निर्माणको अडानमा बसेका छन् भने केहीलाई २५ मिटरभित्र निर्माण गर्न नपाउने भनी निर्माण कार्य रोक्न आफै खटिएको कुरा स्थानियले आरोप लगाएका छन् ।

अख्तियारले सक्रिय भई चासो देखाउँदै पत्र काटेपछि पत्रको जवाफको लागि अहिले नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा खलवल्ली मचिएको एक कर्मचारीले बताए । 

मापदण्ड मिच्दै निर्माण गर्न लागिएको विषयमा वडा अध्यक्ष सुनिल सिंह हमाल भन्छन, “उक्त सटरको विषय मेरो क्षेत्राधिकारभन्दाको बाहिरको कुरो हो । यसको सम्पूर्ण जिम्मेवारी कार्यालयको हो र जवाफ पनि कार्यालयले दिनु पर्छ ।”

अख्तियारलाई पत्रको जवाफ पठाएपछि आदेशानुसार डोजरले मापदण्ड मिचेर निर्माण गर्न लागिएको ६ वटा सटर भत्काउन तयारी अवस्थामा रहेको नेपालगन्ज उपमहानगरपालिका कार्यालयका सम्बन्धित शाखाले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१