एन्फा निर्वाचनमा व्यापक अनियमितता भएको कुँवरको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७५, सोमबार १८:५२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को गएको वैशाख २२ गते भएको निर्वाचनका क्रममा वर्तमान कार्यसमितिले व्यापक आर्थिक अनियमितता गरेको आरोप दक्षिण एसियाली फुटबल संघ (साफ) का उपाध्यक्ष मणि कुँवरले लगाएका छन् । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले कार्यसमितिमाथि आरोप लगाएका हुन् । चुनाव भएको झण्डै ५ महिनापछि एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले चुनावका क्रममा विजयी शेर्पाले आपराधिक क्रियाकलापका साथै आर्थिक चलखेल भएको अारोप लगाएका हुन्।

नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा व्यापक भ्रष्टचार र अनियमितता भएको बताउदै मणी कुँवरले त्यसको यथेष्ट प्रमाण आफुसंग भएको बताएका छन् । ‘एन्फाको निर्वाचनमा व्यापक भ्रष्टचार भएको थियो । त्यसको यथेष्ट प्रमाण मैले फेला पारेको छु ।  कुँवरले  भने ।‘आर्थिक चलखेल गरेको सबै प्रमाणसहित विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) मा पठाइ सकेको छु,’ पत्रकार सम्मेलनमा मणिले भने, ‘उहाँहरूले निर्णय के गर्नुहुन्छ त्यो कुरेर बसेको छु ।’

‘एन्फा’को चुनावमा अन्तिम समयमा सहभागी नहुने घोषणा गरेका कुँवरले त्यतिबेला रहेका सुमन केसी र राजभाई मानन्धरले आर्थिक लेनदेन गरेको आरोप समेत लगाए । यसबारे उनले गएको अगष्ट ८ तारिखमा फुटबलको सर्वोच्च निकाय ‘फिफा’ र एएफसीलाई पत्र पठाएको र एएफसीबाट फिफाको इथिक्स कमिटीमा फरवार्ड भइसकेको बताए ।

यस्तै, एन्फा चुनाव लगतै मतदातालाई युरोप भ्रमण गराएको, न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पारेको र निर्वाचन दौरानमा मतदाता तथा अन्य सहयोगिलाई सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको आरोप मणि पक्षले आरोप लगाएको छ ।

कुँवरले नेपालको न्यायालय नै विकेको गम्भीर आरोप पनि लगाए । ‘एन्फा’को निर्वाचनको केहि दिनअघि कुँवर पक्षले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा अदालतले दरपीठ गरेको थियो । कुँवरले पत्रकार सम्मेलनमा  शेर्पा पक्षधरले गरेका विभिन्न ६ अनियमितताहरुका वुदाँहरु सार्वजनिक गरेका छन्।

कुँवरले शेर्पामाथि लगाएका अारोपहरु यी हुन्:

  •  १. निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की दिएको तथा आर्थिक प्रलोभनमा पारेको
    २. मतदाताहरुलाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको
    ३. मतदाताहरुलाई प्रत्यक्ष प्रभावित गर्ने उद्देश्यले देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठूलो धनराशी खर्च गरेको
    ४. मतदाताहरुलाई युरोप भ्रमणमा पठाएको
    ५. न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने काम गरेको
    ६. निर्वाचनका दौरान मतदाता तथा अन्य सहयोगीहरुलाई सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको
  • आज मैले जुन चिज बोलेको छु । त्यो निर्धक्कका साथ बोलेको छु । यसअघि मसँग यो विषयमा बोल्ने प्रमाण नभेटेपनि मैले एन्फाको निर्वाचन विधान विपरित हुन लागेको बताएरै अध्यक्षको उमेदवारी फिर्ता लिएको हुँ ,’ कुँवरले भने, ‘यस विषयमा प्रमाणसहित फिफा र एएफसीमा अनुसन्धानका लागि पठाएको छु । यो सबै विषयमा निस्पक्ष अनुसन्धान भएमा दोषी सबैमाथि कारवाही हुनेमा म पूर्ण रुपमा विस्वस्त छु ।’एन्फाको नयाँ नेतृत्वका लागि गत वैशखा २२ गते निर्वाचन भएको थियो । निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानल नै मतले विजयी भएको थियो । निर्वाचन विधान विपरित भएको भन्दै कुँवरले निर्वाचनको एक दिन अघि पत्रकार सम्मेलनको आयोजना गरेर उमेदवारी फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१