जापानले दियो अस्पताललाई रु एक अर्ब बराबरको चिकित्सकीय उपकरण सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७५, सोमबार १५:३३

काठमाडौँ ।चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ ।तेस्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले करीब रु एक अर्ब बराबरको भौतिक एवं चिकित्सकीय उपकरण अस्पताललाइ प्रदान गरेको हो । यहाँ आज आयोजित कार्यक्रममा प्रदान गरिएका ती सामग्रीमा डिजिटल मनोग्राफ, सिएम एक्सरे मसिन, भेन्टिलेटर, प्याटिएण्ट मनिटर, एनेथेसिया मसिन, भिडियो अर्थस्कोपी सेटलगायत छन्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेपालका लागि जापानका राजदूत मासामिसी साइगो र जाइकाका नेपाल प्रतिनिधि जुन साकुमाले ती सामग्री हस्तान्तरण गर्नुभयो । जाइकाले त्रिविवि शिक्षण अस्पतालको भौतिक पूर्वाधार एवं उपकरणका लागि सन् १९८३ मा सर्वप्रथम र सन् १९९२ मा दोस्रो पटक सहयोग प्रदान गरेको थियो । करीब सात सय श्ययाको सो अस्पतालमा चिकित्सा विधाका सबै तहका अध्ययन एवं अध्यापन हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१