निकुञ्जमा बाघको संख्या २७ ले घटे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७५, सोमबार १४:१४

असोज । बितेको पाँच वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या २७ ले घटेको छ । प्रतिशतका हिसावले हेर्दा विगत पाँच वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्याा २२.५ प्रतिशतले घटेको हो । सन् २०१३ मा गरिएको बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका थिए । आइतबार सार्वजनिक गरिएको तथ्यांकले निकुञ्जमा ९३ वटा मात्रै बाघ रहेको देखाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल प्राविधिक रुपमा संख्या कम देखिए पनि निकुञ्जमा बाघ नघटेको दावी गर्छन् ।उनले नियमित रुपमा बाघ बस्ती छिर्ने गरेको, निकुञ्जमा हिँड्दा पर्यटक, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी र संरक्षणकर्मीले सजिलै देख्ने गरेको र तस्करी नभएको दावी गरे ।प्राविधिक रुपमा संख्या कम देखिए पनि निकुञ्जमा बाघको उपस्थिति बाक्लो भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।

९५२.६३ वर्गकिलोमिटर निकुञ्ज र ७२९.३७ वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र बाघको बासस्थान रहेको छ ।प्राकृतिक र आहारको हिसाबले निकुञ्ज राष्ट्रिय निकुञ्ज नै बाघका लागि उत्तम भएको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । बाघको मुख्य आहारा मानिने चित्तल, जरायो, बँदेल, लघुना, रतुवा, गौरीगाई, निलगाई, लंगुर जस्ता जनावर निकुञ्जमा प्रशस्त पाइन्छन् ।  चितवनको बाघ पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाईगर रिजर्वतर्फ गएको हुनसक्ने उनको अनुमान छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा ७ वटा बाघ रहेकोमा अहिले १८ पुगेको छ भने वाल्मीकिमा १७ बाट बढेर ३३ पुगेको छ । ती दुवै ठाउँ चितवन निकुञ्जसँग जोडिएका छन् । गत पाँच वर्षमा निकुञ्जमा १७ बाघ मरेको थिए । सन् २०२२ सम्म नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको छ । पछिल्लो बाघ सर्वेक्षण अनुसार नेपालमा करिब २ सय ३५ पाटे बाघ भेटिएका छन् । सन् २०१३ को गणनामा १९८ वटा बाघ भेटिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०