उपराष्ट्रपति स्वदेश फिर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७५, सोमबार १३:४५
काठमाडौँ   उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गर्नुभयो । उहाँको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो । चीन भ्रमणको क्रममा उहाँले सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी हुनुभएको थियो । उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१