सगरमाथा हिमाल हेर्न सकिने ‘एभरेष्ट भ्यू टावर’ निर्माण हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७५, सोमबार १२:५३

उदयपुर । सगरमाथालगायत आठओटा हिमाल हेर्न सकिने लिम्चुङबुङ गाउँपालिकाले निर्माण गर्न लागेको ‘एभरेष्ट भ्यू टावर’ को थ्रीडी म्याप  तयार भएको छ । ‘एभरेष्ट भ्यू टावर’ ७२ फिटको हुनेछ । भ्यूटावरको टुप्पोमा १६ फिट उचाइको चिन्डो (वाबु) राखिनेछ । ७२ फिट उचाइको भ्यू टावरबाट एकैपटक ५० जनाले उत्तरतिर सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगललगायतका आठ ओटा हिमाल आँखैअगाडि देख्न पाउनेछन् । दक्षिणतिर हेर्दा तराईका लोभलाग्दो फाँट देखिन्छ । पूर्व्तिर र पश्चिमतिर पनि दृश्यावलोकन गर्न सकिन्छ ।

भ्यूटावरसँगै दुई सय रोपनी क्षेत्रफलमा लिम्चुङबुङ पार्क बनाइनेछ । आधुनिक भव्य पार्क भित्रै ‘चिल्ड्रेन पार्क’, रिसोर्ट र पर्यटक सूचना केन्द्र बनाइनेछ । होमस्टे सञ्चालन गरिनेछ ।  बन्न लागेको ‘एभरेष्ट भ्यू टावर’ र लिम्चुङ पार्क भएर खोटाङको हलेसी, तुवाचुङ, ओखलढुंगा र सोलुखुम्बु पुग्न सकिन्छ । घुमघामबाहेक काम विशेषले खोटाङ, ओखलढुंगा र सोलुखुम्बु पुग्नेले भ्यू टावर र पार्कमा एकैछिन सुस्ताउन सक्छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१