तेल लिन रक्सौल गयो ट्यांकर

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १६:३७

काठमाडौं ।  नेपाल आयल निगमको दबाबपछि इन्डियन आयल कर्पोरेशन(आइओसी)को रक्सौल डिपोमा तेल ल्याउन ट्यांकर जान थालेका छन्। अहिलेसम्म पाँच वटा ट्यांकर भन्दा बढी गइसकेका छन्। अब सबै ट्यांकर संचालनमा आउँछ। चालकहरु तेल ल्याउन तयार भएका छन् । र निगमले ट्यांकरनै कब्जामा लिएर चालकलार्इ कारवाही गर्ने चेतावनी दिएपछि ढुवानी सुचारु भएको हो। रक्सौल डिपोबाट तेल नआएका कारण काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा तेल अभाव सुरु भएको छ। उपत्यका लगायतका जिल्लामा रक्सौलबाटै बढी तेल आउने गर्छ। तीन दिन ढुवानी बन्द हुँदा अहिले उपत्यकाका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन छ। निगमले आपूर्ति सहज बनाउन निगमले वाइकलार्इ पाँच लिटर र कारलार्इ १५ लिटर मात्रै दिन पेट्रोल पम्पलार्इ निर्देशन दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१