प्रधानमन्त्री ओली–अमेरिकी राष्ट्रपति ट्रम्प भेट हुने

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १६:१२

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिको भेटवार्ताको टुंगो लागिसकेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । अमेरिकी राष्ट्रपतिले अमेरिकाको भलो नचाहने र तानाशाहहरुसंग भेटवार्ता गर्दैनन् । यस अघि पूर्वराजा ज्ञानेन्द्रले अमेरिकी राष्ट्रपतिवाट भेटवार्ताको निम्ता नपाएपछि संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रमनै रद्ध गरेका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन शनिवार अमेरिका तर्फ प्रस्थान गर्दैछन् । उनीहरुबीच दुई मिनट भेटवार्ता हुनेछ । महासभामा भाग लिन अमेरिका पुग्ने राष्ट्रप्रमुखहरुलाई राष्ट्रपति र उनकी श्रीमतीले रात्रिभोजको आयोजना गरेका छन् । सो रात्रिभोजमा प्रधानमन्त्री ओली पनि आफ्नी श्रीमती राधिका शाक्यका साथ सहभागी हुनेछन् । रात्रिभोजमा प्रधानमन्त्री दम्पत्ती र अमेरिकी राष्ट्रपति दम्पत्ती बिच सामुहिक फोटो सुट पनि हुने कार्यक्रम छ । रात्री भोजकै क्रममा प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति बिच भेटवार्ता हुने भएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज ११ गते सम्बोधन गर्नेछन् । सो क्रममा उनले न्यूयोर्कमा उनले स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेचसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यो संगै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली करिब दुई दर्जन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१