अन्सारी हत्या छानबिन समिति गठन

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १४:५६

काठमाडौं । गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याको छानबिन गर्न समिति गठन गरेको छ । स्थानीयले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै विरोध प्रर्दशन गरेसँगै गृह मन्त्रालयले शुक्रबार छानबिन समिति गठन गरेको हो। भारतबाट अपराधी आएर नागरिकको हत्या गर्दासमेत सुरक्षा निकायले प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न नसकेको स्थानीयको छ । अन्सारीलाई दुईवटा मोटरसाइकलमा आएका व्यक्तिले बिहीबार गोली हानी हत्या गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पनि छुट्टै अनुसन्धान गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। समितिले १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । खुर्सिदको बिहीबार हरिनगरा गाउँपालिका भुताहा बजारमा गोली हानी हत्या भएको थियो । उनले सुनसरीको भुटाहास्थित रैयान नेशनल स्कुल सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१