पेट्रोलियम पदार्थको आयात प्रभावित भएपछि बाइकलाई पाँच–कारलाई १५ लिटरमात्रै पेट्रोल दिने

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १४:३२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ।  मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ भने हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल तोकिएको छ । त्यस्तै डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ । एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिइएको छ ।

पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेसँगै इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको आयल निगमले जनाएको छ । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारत हुँदै आयात गरिँदै आएको पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१