भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको ६१ वर्षको उमेरमा निधन

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १३:५४

हनोई । भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको छ। स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको हो। उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका थिए। यसअघि उनले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। आलङ्कारिक राष्ट्रपतिका रुपमा रहेपनि उनले भियतनामका प्रभावशाली नेताको छवि बनाएका थिए। गत साता आफ्नो कमजोर स्वास्थ्यकाबीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०