विश्व अलजाइमर्स दिवश ! के हो त अलजाइमर्स ?

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १३:१६

काठमाडौं :  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार ६० वर्षमाथिका हरेक १० जनामध्ये एकजना कुनै न कुनै किसिमको बिर्सने रोगबाट पीडित छन्। विश्वभर ४७ मिलियन मानिसमा अल्जाइमर्सको कारण पागलपन देखिएको छ। तर, यो मष्तिस्कको रोग हो, पागलपन भने हैन। प्रत्येक ६८ सेकेण्डमा १ जनामा अलजाइमर्सको समस्या देखिन्छ भने सन् २०५० सम्ममा प्रत्येक ३३ सेकेण्डमा एक जनामा अलजाइमर्स देखिने डब्लुएचओले बताएको छ। एक वर्षमा १० लाख नयाँ मानिसहरुमा यो रोग लाग्ने देखिएको छ

के हो त अलजाइमर्स ?

मनोविश्लेषक आचार्यका अनुसार अलजाइमर्स एक प्रकारको बिर्सने रोग हो, जुन दिमागसित सम्बन्धित हुन्छ। यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्छ। शारीरिक, मानसिक, सामाजिक, आर्थिक र भविष्यमा परिवार र समाजलाई नै यो रोगले तहसनहस गर्छ। यो बुढेसकालमा देखिने लक्षण मात्र हैन, मष्तिस्कमा लाग्ने रोग  हो, यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउँछ।

कसरी हुन्छ ?

उमेर बढ्दै गएपछि मष्तिष्कमा रसहरु उत्पन्न गर्ने स्नायुकोषहरु हराउँदै जान्छन् भने  मष्तिस्कका स्नायुकोषहरु मर्दै जान्छ। मष्तिस्क फाट्ने सम्भावना समेत हुन्छ। डिमेन्सिया हुने मुख्य कारण यही हो। करिब ७० प्रतिशत डिमेन्सिया अलजाइमर रोगका कारणले हुन्छ। अत्यधिक मदिरा सेवन, एचआइभी एड्स, र मष्तिस्कमा रक्तसञ्चार राम्रो हुन नसक्दा मल्टी इन्फ्रक्ट डिमेन्सिया हुन्छ यो रोग लागेको पत्ता लगाउन सजिलो भएको आचार्य बताउँछन्। आफ्ना आफन्त र आफ्नै नाम पटक पटक बिर्सने र  सामानहरु हराउने जस्ता लक्षणहरु बारम्बार देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्ने आचार्य सुनाउँछन्। यो डिमेन्सियाको पहिलो चरणको लक्षण अर्थात् अलजाइमर हो।
विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगको उपचार तथा रोकथामको लागि विश्वभर अध्ययन अनुसन्धान भएको छ। तर, अझै पनि कुनै सफलता हात लागेको छैन। यो रोग विश्वभरका मेडिकल साइन्टिस्हरुको लागि चुनौती बनेको छ।

रोग लाग्न नदिन के गर्ने?

भिटामिन बी र थाइराइडको कमीले डिमेन्सिया हुन्छ। भिटामिन बी नियमित सेवन गरे रोग लाग्नुपूर्व बच्न सकिन्छ। डिप्रेसन, धेरै मानसिक तनाव, निद्राको समस्या, लागू औषधीको प्रयोग र धेरै मदिरापानको कारण डिमेन्सिया हुने खतरा बढ्ने,यस्ता कुलत समयमै छोड्न सके पनि डिमेन्सियाबाट बच्न सक्ने आचार्यको कथन छ। उच्च रक्तचापको उचित उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम, खानपिनमा ध्यान र पोषण तत्वहरुको कमी हुन नदिने हो भने डिमेन्सिया हुने सम्भावना निकै कम हुने गरेको छ।  यो रोगको उपचार नै नभए पनि यही रोगबाट मानिस मर्दैन। दैनिक क्रियाकलाप गर्न असहज हुने र बिर्सने समस्याको कारण अन्य खतरा आउने भएकाले यो रोगले मानिसलाई जीवनभर छोड्दैन । यो रोग विश्वभरको समस्या हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१