राजधानीका पेट्रोल पम्पमा लामालामा लाइन

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १२:५१

काठमाडौं । नियमित ढुवानी रोकिएपछि बजारमा पेट्रोलियम पदार्थको अवाभ भएको छ । मुलुकी संहिता संशोधनको माग गर्दै देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगमसम्वद्ध ढुवानीकर्ता पनि पेट्रोलियम पदार्थ ढुवानी रोकेर आन्दोलनमा उत्रिए पछि अभाव सृजना भएको हो । असोज २ देखि आन्दोलित चालकहरूलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ढुवानी ठप्प पारेका हुन् । निगमका अनुसार आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकर चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, टिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेपछि निगमले चालकका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । पेट्रोल डिजेलको अभाव सृजना भएसँगै पेट्रोलपम्पहरूमा उपभोक्ताको भीडभाड देखिएको छ । पम्पहरूमा उपभोक्ताको लामो लाइन छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यातायात व्यसायीहरूले यातायातमा भाडा वृद्धिको माग समेत गरेका छन् । व्यवसायीले ढुवानी समेत रोकेपछि बजारमा अभाव सृजना हुँदा उपभोक्ता मारमा परेका हुन् ।  पटकपटक ढुवानी नरोक्न ढुवानीकर्ताहरूलाई आग्रह गरे पनि आलटाल गरिरहेको निगमले जनाएको छ । निगमले असोज २ गतेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१