मुस्ताङमा खेल प्रशिक्षण केन्द्र स्थापना हुने

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १२:२९

मुस्ताङ । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८आैं थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको हो ।  प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकूद र सँस्कृति संरक्षणमा थाक खेलकूद प्रतियोगिताले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।

उक्त प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, आर्चरी, मिस मुस्ताङ, थकाली भाषामा गीत र नृत्यको प्रतियोगिता गरिने थाक खेलकूद विकास सङ्घका अध्यक्षसमेत रहनुभएका प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारी दिनुभयो ।  प्रदेश सांसद महेन्द्रबहादुर थकाली, इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङल्यामु गुरुङलगायत स्थानीय तहका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । सबै प्रतियोगितामा मुस्ताङका आठ क्लबले सहभागिता जनाएका छन् । पुरुष भलिबलको उद्घाटन खेलमा साविक विजेता निर्मल स्पोर्सट क्लब लेतेले जनकल्याण युवा क्लब स्याङलाई पराजित गरेको थियो ।  चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्डसहित नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१