प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाकाे सचिवालय बैठक

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १२:१५

काठमाडौं प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टी एकताका बाँकी काम, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण लगायतका विषयमा कुराकानी भइरहेको छ । पार्टीका तल्ला कमिटी र भातृ संगठनहरूको एकतामा देखिएको गत्यावरोध मापदण्ड बनाएर सचिवालयले नै हल गर्ने कि स्थायी समितिमा छलफलका लागि लैजाने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो । बैठकमा अध्यक्ष प्रचण्डले हालै सम्पन्न चीन भ्रमणबारे जानकारी समेत गराउँदैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१