अन्सारीका हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन

anis.shahi20@gmail.com' anish shahi
५ आश्विन २०७५, शुक्रबार १२:०९

सुनसरी ।  सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीका हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले आज प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयले भुटाहामा विरोध प्रदर्शन गरेका हुन् । आक्रोशित स्थानीयले प्रहरी चौकी तोडफोड गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको छ । स्थानीयले अन्सारीको शव घटना स्थलमा राखेर आन्दोलनमा उत्रिएका हुन् । हत्यारालाई पक्राउ नगरेसम्म शव नउठाउने उनीहरूले बताएका छन् । भारतबाट अपराधी आएर नागरिकको हत्या गर्दासमेत सुरक्षा निकायले प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न नसकेको उनीहरूको आरोप छ । अन्सारीलाई दुईवटा मोटरसाइकलमा आएका व्यक्तिले बिहीबार गोली हानी हत्या गरेका थिए ।

स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला बिहान करिब सवा ११ बजे सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए ।  सेतो रङ्गको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उनको टाउको र छातीमा गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर भागिरहेका अज्ञात व्यक्तिलाई घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार शिवलाल पौडेलले रोक्न खोज्दा उनलाई समेत खुट्टामा गोली प्रहार गरेर उनीहरू भारततर्फ भागेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१