फिफा वरीयतामा नेपालको एक स्थान सुधार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १६:४८

काठमाडौं – फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा पुगेको छ। यसअधि नेपाल १ सय ६१ औं स्थानमा थियो।गएको हप्ता बंगलादेशमा सम्पन साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपाल एक स्थान माथि उक्लिएको हो। नेपाल साफ च्याम्पियन्ससिपको सेमिफाइनलबाट बाहिरिएको थियो। नेपाललाई सेमिफाइनलमा माल्दिभ्सले ३–० ले पराजित गरेको थियो। समूह चरणमा पाकिस्तानसँग २–१ ले पराजित भएपनि नेपालले भुटानलाई ४–० र बंगलादेशलाई २–० ले पराजित गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०