५३ जना यात्रु बोकेको बस दुर्घटना, ३ को मृत्यु, ७ गम्भीर घाईते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १६:०५

नयाँ दिल्ली – उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन्।एक निजी बस पहाडी सडकमा पल्टिदा सो दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ। बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ। घाइतेहरु अस्पताल भर्ना गरिएको र घाइते मध्ये सातको अवस्था भने चिन्ताजनक रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।प्रत्यक्षदर्शीका अनुसार चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो। सो क्षेत्रमा लगाइएका घेराहरुको कारण बस खाल्डोमा खस्नबाट बचेको र घेरै व्यक्ति बाँच्न सफल भएका स्थानीय प्रहरी प्रमुख मोनिकाले सञ्चार माध्यमलाई बताउनु भएको छ। यस दुर्घटनाको अनुसन्धान गर्न सरकारले आदेश दिएको पनि मोनिकाले थप जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०