नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्कियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १५:२२

वीरगञ्ज- नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो।ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक हजार २०० मा खरिद गर्दै आएको छ ।तुर्र्किस्तानबाट आयात गरिएको पाँच हजार मेट्रिक टन मल बन्दरगाहमै थन्किएको हो।माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एक पटकमा १०० बोरा मात्र दिने गरेको छ । ग्रामीण क्षेत्रका सहकारीले मल अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ।कम्पनीले पर्सामा आव २०७४/७५ मा युरिया मल १० हजार ३७५ मेट्रिक टन, डिएपी पाँच हजार ७९९ मेट्रिक टन र पोटास १५१ मेट्रिक टन बिक्री वितरण गरेको थियो । चालू आवको साउनमा नौ हजार ६९८ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौँ, चितवनलगायतका २० हजार ११४ सहकारी संस्थामार्फत गत आवमा ५८ हजार १३९ मेट्रिक टन मल बिक्री वितरण गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१