नेशनल वोर्डिङ स्कुलका सञ्चालक मौलाना खुसिद आलमको गोली हानी हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १३:३७

इटहरी- सुनसरीको हरिनगर गाउँपालिका २ भुताहामा गोली हानी एक जनाको हत्या भएको छ। अपरिचित समूहले स्थानीय नेशनल वोर्डिङ स्कुलका सञ्चालक मौलाना खुसिद आलमको गोली हानी हत्या गरेका हुन्।उनको घटनास्थलमै मृत्यु भएको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले उनी माथी गोली चलाएका थिए। गोली हानी भारततर्फ भाग्ने क्रममा प्रहरीले पछि गर्दा प्रहरी माथी पनि गोली प्रहार भएको छ। उक्त समूहको गोली लागेर प्रहरी जवान सिवलाल पौडेल घाइते भएका छन । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०