लोकप्रिय हास्यकलाकार सीताराम कट्टेल “धुर्मुस”को आज जन्मदिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १२:३०

लोकप्रिय हास्यकलाकार सीताराम कट्टेल “धुर्मुस”को आज जन्मदिन । २०४० असार ४ गते सोलुखुम्बुको नेचा बेतघारी गाविसमा उनको जन्म भएको हो । उनी आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन् ।मेरी बास्सैमा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रियता कमायो । मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरेका थिए । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सीताराम कट्टेल सहभागी छन् । वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए ।वैशाख १२ को गोरखा भूकम्पपश्चात धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा पनि सक्रिय छन् । भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१