१४ वर्षीया बालिकाको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७५, बिहीबार १२:०५

महोत्तरी । सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ ।सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । सो दिन नै प्रहरीले सो ठाउँका रामजीवन राउत कुर्मीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०