सजिलै हटाउन सकिन्छ कपालको चाया, अपनाउनुस् यी तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७५, बुधबार १३:२२

कपालमा चया पर्ने गुनासो अधिकांशको हुन्छ। महिला या पुरुष दुवै चायाले पीडित हुन्छन्। लामो कपाल हुने भएकाले तलनात्मक रुपमा महिला नै चायाबाट सताइन्छन्। जसलाई जसरी चायाले सताए पनि उपाय बन्ने एकैखाले अपनाए पुग्छ। व्युटिसियन सुनतिा विष्टले चाया हटाउने सजिला तीन प्याकबारे जानकारी दिएकी छिन्।

कपुरः
कपुर चायाको शत्रु हो। नरिवलको तेलमा कपुरको धुलो मिसाएर पेस्ट तयार पार्नुहोस्। पेस्ट कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस्। हप्ताको एक पटक यो पेस्ट प्रयोग गरेर कपाल पखाल्दा चायको समस्याबाट मुक्ति मिल्छ। कपुरले कपालको चमक पनि ल्याउछ।

घ्युकुमारी
घ्युकुमारी पनि चाया हटाउने क्षता हुन्छ । कपालमा प्रयोग गर्ने कुनै पनि तेल र घ्युकुमारीको तेल मिसाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्ट कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस्। झण्डै आधा घण्टापछि सादा पानीले पखाल्दा चाया रहन पाउँदैन। हप्तामा एकपटक घरमै यो प्याक प्रयोग गर्न सकिन्छ।

चामल
चामल खान मात्रै होइन, चाया हटाउन पनि उत्तिकै उपयोगी हुन्छ । खासगरी चौलानीले यो भूमिका खेल्छ। चामल भिजायएर हल्का खस्रो हुनेगरी पिस्ने र पानीसहतिको पेस्ट कपालमा लगाएर १०–१५ मिनेटसम्म रहन दिने। त्यसपछि विस्तारै विस्तारै रगड्दै नुहाउँदा चाया हट्छ । चामलको पेस्टले कपाल मुलायम र चम्किलो पनि हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१