अमेरिकी डलरको मूल्य झन् बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७५, बुधबार १३:०१

बुधबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य झन् उकालो लागेको छ। हिजो मंगलबार ११५ रुपैयाँ ७२ पैसा रहेको डलरको भाउ आज बढेर ११६ रुपैयाँ ३२ पैसा पुगेको हो।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १६ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ७ पैसा रहेको छ।त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ ७५ पैसा छ।एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ९९ पैसा र विक्रिदर ३२ रुपैयाँ १५ पैसा छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ७१ पैसा र विक्रिदर ३१ रुपैयाँ ८७ पैसा तोकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१