पेट्रोलियम पदार्थमा भाउ बढाएकोमा प्रकाशमानको आपत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७५, मंगलवार १६:०१

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाएको हो। गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ। नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दावी गरे।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिष्टेको रुपमा चित्रण गरे। कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी छ। नेता सिंहले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरे। सिंहले सर्वोच्च नेता गणेशमान सिंहले देखाएको बाटोबाटै काँग्रेस अघि बढिरहेको पनि बताए। कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नविन्द्रराज जोशीलगायतका काँग्रेस नेता, कार्यकर्ताहरुले त्यहाँस्थित गणेशमान सिंहको शालिकमा माल्याअर्पण गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१