दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तर कोरिया पुगे

anis.shahi20@gmail.com' anish shahi
२ आश्विन २०७५, मंगलवार १४:४४

सिओल। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुग्नु भएको हो। नेता कीमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गर्नुभएको थियो । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न कीम आफैं विमानस्थल पुग्नुभएको थियो। सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झण्डाका साथै कोरियाली एकीकरणको सङ्केतमूलक झण्डा फहराएका थिए । दक्षिण कोरियाको झण्डा भने यहाँ फहराइएको थिएन । माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुबै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए ।

दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तिब्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ ।यसअघि सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुई पटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ । दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।  तर पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१