आँखाको शक्ती बढाउनको लागि यी काम गर्नुहोस् २० गुणा बढ्छ !

anis.shahi20@gmail.com' anish shahi
२ आश्विन २०७५, मंगलवार १४:३४

काठमाडौं । आँखाको शक्ती बढाउनको लागि हरियो सागपात र फलफूल खानु राम्रो हुन्छ । तर यदि आँखा कमजोर हुँदै गएका छन् भने खाना संगै आँखाको अभ्यास पनि गर्नुपर्छ।आँखाको शक्ति बढाउने अभ्यास गर्नको लागि मैनबत्ती तरिका सबैभन्दा उपयुक्त मानिन्छ । यसको लागि मनिबत्ति बालेर त्यसलाई एक ठाउँमा राख्नुपर्छ । त्यसपछि आफू डेढ देखि दुई फिटको दुरीमा बस्नुपर्छ । मैनबत्तिलाई आफ्ना सिधा आँखाले मैनबत्तिकै आगोमा केन्द्रित भएर आँखा नझिम्काई हेर्नुपर्छ। यसरि हेर्दा आँखाबाट आँशु नझरुञ्जेल एकटकले हेर्नुपर्छ । यो अभ्यास हरेक दिन दुई देखि तीन पटक सम्म गर्नाले आँखाको शक्ती बढ्छ।

आँखाको लागि अर्को राम्रो अभ्यास भनेको पेन्सिल अभ्यास पनि हो । पेन्सिल आफ्नो हातमा लिनुहोस् र आँखा देखि केहि पर राख्नुहोस् । त्यसको टुप्पोमा एकटकले हेर्नुहोस् । त्यसपछि पेन्सिललाई आँखाको नजिक नजिक ल्याउँदै जानुहोस् र धमिलो देखुन्जेल सम्म नजिक ल्याउनुहोस् । यो अभ्यासले तपाईंको आँखालाई तेज बनाउनुका साथै दिमागको एकाग्रता शक्तिलाई पनि बढाइदिन्छ।

परको वस्तु हेर्ने शक्तिको लागि आफ्नो औंला प्रयोग गरेर अभ्यास गर्न सक्नुहुन्छ । यसको लागि आफ्नो हातको एउटा औंला आँखा देखि सिधा, राख्नुहोस् । अब केही परको कुनै वस्तु हेर्नुहोस् । त्यसपछि फेरी आफ्नो औंला हेर्नुहोस् । छिटो-छिटो आफ्नो हातको औंला र परको वस्तु हेर्ने अभ्यास हेर्ने गरिराख्नुहोस् । यसले परको वस्तु हेर्ने तपाईंको शक्ति बढ्छ भने दिमाग पनि तीक्ष्ण बन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१