छाती दुख्दा मुटुको समस्या हुन्छ त ?

anis.shahi20@gmail.com' anish shahi
२ आश्विन २०७५, मंगलवार १४:१५

छाती दुख्नासाथ डर लाग्नु स्वाभाविकै हो । विशेषगरी, मानिसहरू छाती दुख्नासाथ मुटुमै केही भयो कि भनी डराउने गर्छन् । तर, छाती दुख्नु एउटा साधारण समस्या मात्र पनि हुन सक्छ । साथै हृदयाघातजस्तो ठूलो समस्या पनि हुन सक्छ । त्यसैले, छाती दुखेमा एकचोटी सम्बन्धित चिकित्सकको सल्लाह लिएमा ढुक्क हुन सकिन्छ ।मुटुका आफ्नै मांसपेशीमा रगत प्रवाह गर्ने रक्तनलीहरूमा संकुचन आएमा वा बोसो जम्दै गएर साँघुरिन गएमा मानिसलाई आरामको अवस्थामा केही गाह्रो हुँदैन । तर, काम गर्दा, उकालो चढ्दा, भारी उठाउँदा वा मुटुलाई बढी दबाब पर्ने कुनै अवस्था आएमा साँघुरिएको रक्तनलीबाट पर्याप्त रगत प्रवाह हुँदैन । जसले गर्दा मुटुका मांसपेशीलाई अक्सिजनको कमी हुन पुग्छ र छाती दुख्न थाल्छ ।

रक्तनली धेरै नै साँघुरो भइसकेको छ भने २,४ पाइला हिँड्दा पनि छाती दुख्न थाल्छ । छातीमा ठूलो ढुंगाले थिचेजस्तो, छातीमा केही चिजले बाँधेजस्तो हुन्छ ।यो दुखाइ धेरैजसो समयमा देब्रे पाखुरातिर तथा कहिलेकाहीँ चिउँडोको देब्रे भागतिर पनि सर्छ ।यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने, छटपट हुने आदि पनि हुन सक्छ ।केहीबेर आराम गरेपछि वा गरिरहेको काम चटक्कै छाडेर आराम गरेमा यस्तो दुखाइ कम हुँदै जान्छ । यस्तो दुखाइलाई मेडिकल भाषामा एन्जाइना भनिन्छ । तर, साँघुरिएको रक्तनलीमा अकस्मात् रगत जम्न गई रक्तनली पूरै बन्द भइदियो भने हृदयाघात हुन्छ । यस अवस्थामा रक्तनलीले रगत पु-याउनुपर्ने मुटुको मांसपेशी मर्न जान्छन् र फेरि काम गर्नै नसक्ने स्थितिमा पुग्छन् । हृदयाघातको दुखाइ आराम गरेर बसिरहेको अवस्थामा पनि हुन सक्छ । हृदयाघातको दुखाइ एन्जाइनाजस्तै किसिमको हुन्छ, तर दुखाइ अधिक हुन्छ र आराम गरे पनि कम नहुने खालको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१