मेक्सिको सिटीको प्लाजामा गोली प्रहार, ६ जनाको मृत्यु

anis.shahi20@gmail.com' anish shahi
२ आश्विन २०७५, मंगलवार १३:३०

मेक्सिको । मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ क्ति ३२ वर्षीय पुरुष रहेका छन्। गत सेप्टेम्बर १४ मा मेक्सिकोको प्रख्यात पर्यटकीय प्लाजामा उक्त गोलीकाण्ड भएको थियो । त्यस गोली प्रहारमा यी व्यक्ति पनि गोली लागेर घाइते भएका थिए । अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो। मेक्सिको सहरको ऐतिहासिक केन्द्रनजिक रहेको बारलाई लक्षित गर्दै गायकको पोशाकमा रहेका एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । महान्यायाधीवक्ता एडमुन्डो गारिडोले लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरुबीचको झगडाका कारण गोली चलेको अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१