नेकपाका जिल्ला सेक्रेटरी पक्राउ परे

anis.shahi20@gmail.com' anish shahi
२ आश्विन २०७५, मंगलवार १२:४१

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।पार्टीको तीन महिने अभियानअन्तर्गत रोल्पाको धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ । कार्यक्रममा अन्य नेता कार्यकर्ताको उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०