प्रसूति केन्द्र नहुँदा तीन सन्तानलाई घरमै जन्म

anis.shahi20@gmail.com' anish shahi
२ आश्विन २०७५, मंगलवार १२:१५

अछाम : कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो ।गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँजस्तै बयालाका सबै महिलालाई बच्चा जन्माउन कि त तीन÷चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए रु पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ ।यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन्, तर नजिकै प्रसूतिगृह नहँुदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ ।  यो समस्या समाधानका लागि कसैले पहल नगरेको उहाँको गुनासो छ ।

बयाला स्वास्थ्यचौकी इन्चार्ज प्रेम बिष्टले अब लामो समयदेखि आफूले कठिन समस्याका बाबजुद पनि सेवा दिइरहेको बताउनुभयो । अब बन्न लागेको भवनले केही राहत हुने उहाँले आशा व्यक्त गर्नुभयो । गाउँमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा र बर्थिङ सेन्टर नहुँदा स्थानीय सरोकारवालालाई पनि अप्ठ्यारो महसुस भएको छ । तर निर्माणाधीन रहेको स्वास्थ्यचौकी भवन दुई वर्ष भइसक्दा समेत निर्माण सकिएको छैन । अब जसरी पनि वडावासीलाई दशैँअगावै नयाँ भवनबाट स्वास्थ्य सेवा दिने गरी काम अगाडि बढाएको वडा नं ३ का कार्यवाहक वडाध्यक्ष हर्क भण्डारीले बताउनुभयो ।

साविक ७५ गाविस रहेको अछाममा अहिले १० स्थानीय तह र ९१ वडा रहेका छन् । तर सुरक्षित प्रसूतिका लागि जिल्लाभर ६५ प्रसूतिकेन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । भूगोल, जनसङ्ख्या र बिकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहँुदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुङ्गानाको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१