मुक्तिनाथले १८ प्रतिशत बोनस सेयर दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७५, मंगलवार ०५:५६

काठमाडौ । मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.९६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले हाल कायम २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँमा उक्त अनुपातको बोनस र नगद लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण हुनेछ ।

बोनसपछि यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । बैंकले गत वर्ष भने २०५ बोनस र १.०५५ नगद लाभांश दिएको थियो । असार मसान्तसम्म मुक्तिनाथले ५७ करोड ५४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २० पैसा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१