स्लिम बन्न चाहनुहुन्छ ? अपनाउनुस् यी ८ उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७५, मंगलवार ०५:५१

आखिर स्लिम बन्ने इच्छा कसलाई हुँदैन र ? तर इच्छा भएर मात्रै पनि कहाँ स्लिम बन्न सकिन्छ र ? हामीले खाने खानामा प्रशस्त क्यालोरीको मात्रा बढी हुने गर्दछ । जसबाट हामीले अत्याधिक मात्रामा क्यालोरी प्राप्त गर्ने गर्दछौ । यदि हामी स्लिम बन्ने हो भने कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ । तर, स्लिम बन्ने बहानामा यस्ता काम गर्नु हुँदैन । स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीर फिट राख्न सकिन्छ ।

१. थोरै–थोरै खाइरहने
तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन ।
२. बिस्तारै–बिस्तारै खाने
स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।
३. निद्रा पुयाउने
केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ । तनावसँग सम्बन्धित हार्मोनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ । यसले तपाईंको तौल बढ्न सक्छ ।
४. अल्कोहलबाट टाढै बस्ने
फिट रहन चाहनुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला । रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ ।
५. बाहिर नखाने
बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वास्थ्यवर्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ ।
६. शाकाहारी खाना खाने
मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछन् । हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन् ।
७. सही मात्रामा खाना खाने
खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ । सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ ।
८. स–साना काम गर्ने
शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ । यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फूलबारीमा गोडमेल आदि पनि राम्रा शारीरिक अभ्यास हुन् ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१