कन्चनपुरमा  हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै सोमबार जाजरकोटमा सरकार विरुद्ध विशाल प्रर्दशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १५:१९

जाजरकोट- ५४ दिन अघि बलत्कार पछि कन्चनपुरमा  हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै सोमबार जाजरकोटमा सरकार विरुद्ध विशाल प्रर्दशन भएको छ। निर्मला पन्तका हत्याराहरुलाई लामो समयसम्म कारबाही गर्न  दुई तिहाइको सरकारले  पनि केहि  नगरेको भन्दै यहाँका महिला, युवा, बालाबालिका र अन्य सर्वसाधारणहरुले  स्वस्फुर्त रुपमा   सरकार विरुद्ध प्रर्दशन गरेका हुन्। स्थानीय महिला  युवा र वालवालिकाहरुले  घटना भएको झन्डै दुइ महिनासम्म पनि  हत्यारा पत्ता लगाउन नसकेको भन्दै वाम सरकारको  राजीनामाको माग समेत गरेका छन्।स्थानीय जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुको अगुवाइमा भएको  र्‍यालीमा दुइहजार बढीको सहभागिता रहेको थियो। स्थानीय ठाँटीबजारबाट सुरु भएको सयौं बालबालिका, युवायुवती र महिलाहरुको  जुलुसुले  थाप्लेचौर, गैरीखाली, दरवार  र पिपलडाडाँ हुदै पुरै खलंगा वजारको परिक्रमा गरेको थियो।   प्रदर्शनकारीहरुले  घटनाका अपराधीलाइ  फाँसीको माग गर्दै हत्यारालाई  पक्रन नसकेको भन्दै गृहमन्त्री  रामबाहदुर थापा र प्रधानमन्त्री केपी वलीको राजीनामा समेत माग गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१