२२ अाैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अागामी असोज २३ देखि २७ गतेसम्म बागलुङ जिल्लाकाे गलकाेटमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १५:०३

बागलुङ – २२ अाैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अागामी असोज २३ देखि २७ गतेसम्म बागलुङ जिल्लाकाे गलकाेटमा हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने भएकाे हाे।प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टाेलीकाे सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए। प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च हुने अनुमान छ। प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने छ। विजेता टिमले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार पाउनेछ।सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१